साहित्यिक चौतारी नेपाल जापान शाखाको अध्यक्षमा अमर देव वास्तोला
साहित्यिक चौतारी नेपाल जापान शाखाका संस्थापक अध्यक्ष विन्दा पराजुली बरालको बिदाइ, नयाँ अध्यक्षको चयन र नव वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आफ्नो जापान बसाईलाई बिट मार्दै नेपाल फर्किन लाग्नुभएकी संस्थाका अध्यक्ष विन्दा पराजुली बरालको बिदाइ तथा रचना वाचन सहित सम्पन्न कार्यक्रममा अध्यक्षमा बास्तोला चयन हुनुभएको हो ।
भर्चुअल प्रविधि जुम मार्फत् गरिएको उक्त्त कार्यक्रममा साहित्यिक चौतारी नेपाल केन्द्रकी अध्यक्ष गीता भण्डारी, प्रमुख अतिथी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष, शिवप्रसाद पौडेल, नेपाल हाइकु संघका अध्यक्ष डा. राम कुमार पाण्डे, साहित्यिक चौतारी नेपाल, जापान शाखाको अभ्यासशालाका गद्य प्रशिक्षक प्रा. डा विदुर चालिसे, बिशिष्ट अतिथि रहनुभएको थियो ।
त्यस्तै अतिथिहरूमा कोपिला विधाको प्रवर्तक, अभ्यासशाला जापान शाखाका कोपिला विधाको प्रशिक्षक गिरिराज डल्लाकोटी, वरिष्ठ छन्दकवि, अभ्यासशाला जापान शाखाका छन्द प्रशिक्षक वीरेन्द्र नेपाल, बेलायतबाट कवि दुष्यन्त भट्टराई, अनेसास जापान च्याटरकी उपाध्यक्ष, सबिना रेग्मी, विश्व नेपाली साहित्य महासंघको तर्फबाट विजय स्याङ्बोको सहभागिता थियो ।
त्यसै गरी साहित्य सुधा नेपालकी अध्यक्ष, कल्पना काफ्ले, अनेसास बोर्ड अफ ट्रष्टी मेम्बर गृष्मा पौड्याल, समाजसेवी तथा वरिष्ठ सितारवाधक सुष्मा ओमाता, कान्साइ टेलिभिजनका सञ्चालक एवं सञ्चारकर्मी पुरुषोत्तम लामिछाने लगायत सञ्चारकर्मी तथा कवियत्री सजिना मोक्तानको उपस्थिति रहेको थियो।
साहित्यिक चौतारी नेपाल जापान शाखाकी उपाध्यक्ष सरिता ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नव नियुक्त अध्यक्ष अमरदेव बास्तोलाले गर्नुभएको थियो ।
गत श्रावण ८ गते घोषणा र भाद्र ५ गते परिचय तथा रचना वाचन कार्यक्रम, तीज विशेष कार्यक्रम, नववर्ष विशेष संयुक्त रचना वाचन एवं साङ्गीतिक कार्यक्रम आयोजना गरेको संस्थाले खोज तथा अनुसन्धानमूलक बालबालिका केन्द्रीत कार्यक्रम जस्ता प्रभावकारी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
स्थापनाको छोटो समयमै संस्थापक अध्यक्षले देखाएको बाटोमा संस्थालाई मार्गनिर्देशे र गति दिन, नवनिर्वाचित अध्यक्ष अमरदेव बास्तोलाले साहित्यिको लागि साहित्य गर्ने र भोलिको साहित्यिको धरोहर आजको बालबालिका हुन् भन्ने हेतुले बाल केन्द्रित साहित्यमा जोड दिँनुभयो ।
कार्यक्रममा अध्यक्ष बास्तोलाले जापान स्थित विभिन्न सामाजिक संघ सस्थाहरूसँग समन्वय गरेर संस्थाको, “साहित्यको विकास र विस्तार गर्ने सशक्त समूह” भन्ने नारालाई मूल सिद्धान्त मानेर विशुद्ध साहित्यिक संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्