कला/मनोरन्जनकलिउड

चालीस वर्षे चलचित्र यात्राको अनुभव सार्वजनिक गर्दै शिव (भिडियो)

नेपाली चलचित्र जगतका पाका र सर्वाधिक लोकप्रियमध्येका एक ‘एक्सन किङ’को उपमा प्राप्त अभिनेता शिव श्रेष्ठ आज पनि उत्तिकै चर्चामा हुनुहुन्छ ।

चार दशकअघि जीवनरेखाबाट चलचित्र अभिनययात्रा सुरु गर्नुभएका शिव नेपालको एक मात्र अन्तर्राष्ट्रिय अभिनेताका रुपमा समेत हेरिन्छ । ८० दशको दशकमा उहाँ पाकिस्तानको सुपरस्टारका रुपमा चर्चित हुनुहुन्थ्यो ।

शिवकै माध्यमबाट थुप्रै नेपाली कलाकारहरुले पाकिस्तानी चलचत्रिमा अभिनय गर्ने मौका पाएका थिए । यिनै शिवले अब आफ्नो चलचित्र अनुभव दर्शकमाझ सार्वजनिक गर्नुहुने भएको छ ।

शिवले शिव दाइ पोडकास्ट युट्यूब च्यालको टिजर सार्वजनिक गर्दै आफूले जीवनभा भोगेका सबै उतारचढावदेखि चलचित्र क्षेत्रमा बिताएको ४० वर्षको अनुभव सबै सुनाउने घोषणा गर्नुभएको हो ।

आफ्नो चलचित्रयात्राको सुरुवातदेखि आजसम्मको सबै घटना, परिघटना, सुख, दुःखका क्षणहरु बताउने घोषणा गर्दा शिवको गला अबरुद्ध भएको थियो ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.