जन सरोकार

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न व्यक्ति पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका-४ बस्ने ३७ वर्षीया सरिता लामालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन जना पक्राउ

आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आइ कास्की पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटलमा बस्दै गरेकी ७० वर्षीया अमेरिकी महिलाको सोमबार अपहरण गरी फिरौती स्वरूप ३ लाख युरो माग भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ती महिलाको सकुशल उद्दार गरी उक्त कार्यमा संलग्न सरितालाई पक्राउ गरेको हो ।

उनी उपर अपहरण तथा शरीर बन्धक कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनम्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.