राजनीति

आज काठमाडौँमा राजतन्त्रवादी र समाजवादी मोर्चाले प्रदर्शन गर्दै, सुरक्षा व्यवस्था मजबुत

आज काठमाडौँमा राजतन्त्रवादी र समाजवादी मोर्चाले प्रदर्शन गर्दैछन् । दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएको यो प्रदर्शनमाई मध्यनजर गर्दै नेपाल प्रहरीले काठमाडौँको सुरक्षा व्यवस्था बलियो बनाइएको जनाएको छ ।

काठमाडौँको तीनकुनेमा राजावादीहरुले प्रदर्शन गर्नेछन् भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले भृकुटीमण्डपमा प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शन भब्य बनाउनको लागि दुवै पक्षका मानिसहरुको बाक्लो सहभागिता रहेको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेका हुन् ।

यता काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्रका पक्षधर समूहले बिच सडकमा मञ्च तयार गरेपछि प्रदर्शनी मार्ग क्षेत्रमा सवारी डाइभर्ट सुरु गरिएको छ भने अन्यको अवस्था हेरेर यस विषयमा निर्णय लिने प्रहरीको तयारी छ । गणतन्त्रको पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निकै चासोपूर्वक हेरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग-भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा सतर्कतासहितको तयारी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.