राजनीति

तीनकुनेमा तोडफोड र आगजनी, प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर

राजतन्त्र पुनःस्थापनाका लागि भन्दै प्रदर्शनमा उत्रिएका राजतन्त्रवादीहरुको प्रदर्शन र सभा बिथोलिएको छ । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न खोजेपछि अश्रुग्याँस प्रहार भएको थियो ।

काठमाडौंका विभिन्न स्थानबाट तीनकुनेमा निषेधित क्षेत्रमा झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि जम्मा भएको भीडले एक घर तोडफोडका साथै आगजनी गरेको छ ।

राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेका थिए ।

तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त भएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ ।

प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो ।

गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए । राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.