जापानमा आकर्षक रोजगारीको अवसर
जापानमा नेपालीहरुद्वारा संचालित सूचना प्रविधि कम्पनी न्यु आइटी भेञ्चर कर्पोरेशनले जापानमा रहेका नेपालीहरुलाई लक्षित गरी आकर्षक रोजगारीको आव्हान गरेको छ ।

न्यू आइटी भेञ्चरले जापानमा रहेका विद्यार्थी तथा अल्पकालीन रोजगारीमा रहेकाहरुलाई लक्षित गरी प्रदर्शनी स्थल प्राविधिकहरुका लागि दरखास्त आव्हान गरेको हो ।
कम्पनीले जारी गरेको सूचनामा व्यावसायिक तहको जापानी भाषामा दक्ष हुनुपर्नेछ । तत्कालका लागि १० जना कामदार आव्हान गरिएको छ भने सुरुवाती मासिक तलब २ लाख ५० हजार येन तोकिएको छ ।
आवेदकहरु जापानी भाषामा दक्ष हुनुपर्नेछ भने विश्वविद्यालय तथा व्यावसायिक विद्यालयबाट स्नातक गरेको हुनुपर्ने । त्यसै गरी प्रदर्शनी स्टल डिजाइन तथा कार्यक्रम व्यवस्थापन र निर्माणमा अनुभवी हुनुपर्नेछ ।
जापानमा दक्षता भएर पनि आफ्नो क्षमता अनुसारको काम नपाइरहनुभएका इच्छुक व्यक्तिले आफ्नो बायोडाटा hr@nitv.co.jp मा पठाउनु पर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्