जन सरोकार

स्कारपियो दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपियो दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कारपियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य छन् ।

गाडीमा सवार सबै यात्रु तुलसीपुरका रहेका जनाउँदै प्रहरी निरीक्षण्क रानाले मृतकको शवलाई नेपाल ल्याउने तयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.