जन सरोकार

आगलागीमा परी एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको निधन

एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको राजधानीको तीनकुनेको भवनमा भएको आगलागीमा परी निधन भएको छ ।

शुक्रबार दिउँसो तीनकुनेमा प्रदर्शनकारीले गरेको आगजनी गरेको भवनमा भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकको आगलागी भएको भवनमा फसेर निधन भएको हो।

एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले आगलागीमा परेका पत्रकारको उद्धार हुन नसक्दा दुःखद् घटना भएको बताउनुभएको छ।

आगलागीपछि भवनबाट रजकको जलेको शव फेला परेको थियो। त्यसअघि एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको गुनासो गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.