जन सरोकार

जडिबुटी प्रशोधन केन्द्रमा आगजनी, समयमै नियन्त्रणमा नआए ठूलो जोखिम

राजतन्त्र पक्षधर प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् । आगोका कारण ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।

जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ । त्यससँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन हुनेगर्छ ।

जडिबुटी प्रशोधन केन्द्रको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । स्टोरमा प्रायः गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने प्रबन्ध निर्देशक यादवले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार उक्त भवनमा २५ टन तेल छ । आगो सल्किएमा जडीबुटी क्षेत्र ध्वस्त हुनसक्छ । साँझ सवा आठ बजेतिर दमकल आए पनि आगो नियन्त्रणमा नआएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.