राजनीति

राप्रपाका नेताद्वय मिश्र र राणा पक्राउ

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमसेर राणलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार उहाँहरुलाई शुक्रबार साँझ पक्राउ गरिएको हो ।

तीनकुनेमा शुक्रबार घटेको घटनाका सन्दर्भमा आवश्यक सोधपुछका लागि उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजसंस्था पुनःस्थापना लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने प्रहरीले घरमै नियन्त्रणमा राखेको छ ।

त्यसैगरी प्रहरीले अधिवक्ता स्वागत नेपाल र अन्य केहीलाई पनि पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.