नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट ला नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ ( क्यान) ले प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट लालाई नियुक्त गरेको जानकारी दिएको हो ।

प्रशिक्षक स्टुआर्ट र क्यानबीच दुई वर्षको सम्झौता भएको क्यानले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । आफ्नो दुई वर्षे सम्झौता अन्त भएसँगै भारतीय प्रशिक्षक मोन्टि देशाइको विदाईपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो ।
गत फागुन ३ गते क्यानले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । क्यानले इसिबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता तथा पाँच वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको थियो ।
क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । २०१७ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नु भएका स्टुआर्टले श्रीलंका, बंगलादेश, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसक्नुभएको छ
स्टुआर्टले अस्ट्रेलियाका लागि ५४ एकदविसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेल्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्