प्रदेशसुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शनिबार बिहान पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गर्नुभएको हो । गैर कानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उहाँले राजीनामा दिनुभएको हो ।

उहाँले पत्रकारमाझ भन्नुभयो, “म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।” नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उहाँ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.