क्रिकेटखेल

नेपाल ‘ए’लाई पराजित गर्दै आयरल्यान्ड ‘ए’ले जित्यो एक खेल अगावै टी-२० सिरिज 

आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै नेपाल ‘ए विरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले नेपाललाई ४० रनले पराजित गर्दै तीन टी-२० शृंखलाको सिरिज २-० ले जितेको हो ।

आयरल्यान्ड 'ए'

त्यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा आयरल्यान्डले नेपालाई २१ रनले पराजित गरेको थियो । सिरिजमा उपाधि सम्भावना कायम राख्न नेपाललाई शनिबार जित्नै पर्ने दबाब थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि  कप्तान निल रकले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै अविजित रहँदै ७१ रनको अर्धशतकीय पारी खेले भने पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । त्यस्तै जेम्स म्याकोलम २६ रन बनाई आउट भए भने फिओन ह्यान्ड १९ रनमा अविजित रहँदा रोस अडायरले १७ र ग्यारेथ डेनालीले १० रन जोडे । नेपालका लागि सागर ढकालले सर्वाधिक ३ विकेट लिए भने कमलसिंह ऐरी र पवन सर्राफको भागमा समान १-१ विकेट रह्यो ।

आयरल्यान्डले दिएको २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि देव खनालले २५ बलमा १ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४७ रन बनाए भने बसिर अहमद २७ रन जोड्दा कप्तान विनोद भण्डारीले २६, लोकेश बमले २५,  आरिफ शेखले १४ र कमलसिंह ऐरीले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय हुन सकेन ।

आयरल्यान्डका लागि बेन ह्वाइटले सर्वाधिक ३ विकेट लिए भने फिओन ह्यान्ड र थोमस मेयरले समान २-२ विकेट लिँदा म्याथ्यू फोस्टर र  ग्यारेथ डेनालीको  भागमा समान १-१ विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.