नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौँले २–२ गोलको बराबरी खेलेका हुन् । ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन् । काठमाडौँका लागि ओमोडोउ डिओप र भिन्सेन्ट कोजिइल्लोले गोल फर्काए ।
ललितपुरलाई खेलको पाँच मिनेटमा विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाए । खेलको १४औँ मिनेटमा ललितपुरका आदित्यले गोल गर्दै टोलिलाई दोस्रो अग्रता दिलाए हुन् । त्यसपछि खेलको ७५औँ मिनेटमा डिओपले गोल गर्दै काठमाडौँलाई पहिलो अग्रता दिलाए भने दोस्रो हाफको अतिरिक्त समयमा भिन्सेन्टले पेनाल्टीमार्पत गोल गर्दै काठमाडौँलाई हारबाट जोगाएका हुन् ।
उक्त प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन एफसी सहभागी छन् । भोलि साँझ ६ बजेदेखि बुटवल लुम्बिनी एफसी र झाफा एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्