एन आर एन न्युज

म्यानमार गएको विनाशकारी भूकम्पमा परी १५ जना गैरआवासीय नेपालीको मृत्यु

म्यानमार गएको विनाशकारी भूकम्पमा परी १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको जानकारी दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौं’ । त्यस्तै केसीले गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा पनि गर्नुभएको छ ।

यस्तै उहाँले विश्वभरका सबै एनसीसीहरूलाई विनियोजित रकम बढाउन कोष सङ्कलन कार्यक्रमहरू सुरु गर्न अनुरोध गर्नुभएको छ ।

“म्यानमार र थाइल्याण्डमा गएको विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी गहिरो दुःखी छौं। हामी एनआरएनए एनसीसी म्यानमार (NRNA NCC Myanmar ) मार्फत म्यानमारमा रहेका एनआरएनहरूलाई तत्काल राहतको लागि १० लाख रुपैयाँको घोषणा गर्दछौं। हामी विश्वभरका सबै एनसीसीहरूलाई विनियोजित रकम बढाउन कोष सङ्कलन कार्यक्रमहरू सुरु गर्न अनुरोध गर्दछौं। हामी साँच्चै विश्वभरका नेपालीहरूद्वारा नेपालीहरूको लागि योगदान दिन चाहन्छौं। हामी सबैलाई म्यानमारको भूकम्प राहत कार्यक्रममा सामेल हुन अनुरोध गर्दछौं” केसीले फेसबुकमा लेख्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.