जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

मोरङ र लमजुङबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । मोरङ, बेलबारी नगरपालिका-१० भाउन्ने चोक बस्ने ४५ वर्षीय सन्तोष याखाले आफ्नै घरमा संचालन गरेको प्रशान्त होटलभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय विष्णु कुमार दर्जी समेत ८ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ८० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै लमजुङ, बेसिशहर नगरपालिका-७ गैरीधारा बस्ने नन्द प्रसाद गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ६२ वर्षीय रण बहादुर गुरूङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ४५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.