अझै सुरु भएन प्रतिनिधिसभा बैठक, सभामुख प्रमुख सचेतकहरुसँग छलफलमा
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । दिनको १२ बज्न लागिसक्दा पनि बैठक आरम्भ हुन सकेको छैन ।
बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी हुनुहुन्छ ।
दलहरुको अवरोधका कारण सङ्घीय संसद् विपक्षी दुई पटक बैठक स्थगित भइसकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा विपक्षी दलहरु आक्रोशित छन् ।
प्रतिक्रिया राख्नुहोस्