राजनीति

प्रतिनिधिसभामा प्रतिपक्ष र सत्तापक्ष दुबै उठेपछि

सभामुख देवराज घिमिरेले आज (चैत्र १७ गते) प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु उठेर बिरोध गरे । लगत्तै सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आआफनो ठाँउबाट उठे ।

सभामुख घिमिरे प्रतिपक्षी दलका सांसदहरुबीच दोहोरी चलिरह्यो । सभामुखले चैत्र १५ गते तीनकुनेमा भएको घटनाका विषयमा गम्भीर बहस गर्नुपर्ने भन्दै बारम्बार बैठक संचालनको वातावरण बनाउन आग्रह गर्नुभयो ।

सभामुखले आक्रोशित मुद्रामा सांसदहरुलाई बैठक संचालन गर्न आग्रह गर्दै आआफनो ठाउँमा बस्न बनिरहे पनि विपक्षी सांसदहरुले पुराना मुद्दा ओझेलमा पार्ने षड्यन्त्र भन्दै बिरोध गरिरहे ।

बैठक संचालनका लागि भन्दै सभामुख र दलका प्रमुख सचेतकहरुबीच छलफल भएर सवा १ बजे बैठक बसे पनि निरन्तरको अबरोधपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।

१५ मिनेटका लागि स्थगित गरिएको बैठक सुचारु भएको सवा दुई बजेसम्म जानकारी छैन । प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको छ । बैठकको रेकर्ड भएको भिडियो मात्र राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.