राजनीति

लिङदेनको चुनौति : ‘हामी राजावादी हौं, सक्छौ भने जेल हाल’

आइतबार प्रतिनिधिसभा बैठक सुचारु हुने अपेक्षा सत्तापक्ष र सभामुख देवराज घिमिरेको थियो । चैत्र १३ गतेदेखि कुलमान घिसिङको विषयलाई लिएर अबरुद्ध संसद बैठक तीनकुने काण्डपछि सहज हुने अपेक्षा गर्नु स्वाभाविक पनि थियो ।

तर, बैठक बस्नासाथ विपक्षी सांसदहरु उठेर बिरोध गर्न थाले । सत्तापक्ष पनि उठेर चैत्र १५ पथि नयाँ परिस्थिति आएकाले सदन चल्न दिनुपर्ने भन्दै कराउन थाले ।

यसबीच घिमिरेले सभामुख सत्तापक्षलाई साथ दिंदै नयाँ नयाँ परिस्थिति देख्ने र भोग्ने स्थिति आएको छ । यस्तो बेलामा आज अब हामी फेरि सभा सञ्चालन गर्ने र यी लगायतका विषयमा बहस छलफल गर्ने, देशको अवस्थाको बारेमा जानकारी गराउने सन्देश दिने परिस्थितिमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

विपक्षी दलका सांसदहरूले निरन्तर होहल्ला गरिरहे । सोही क्रममा सत्तापक्षका सांसदहरूले राजावादी भन्नेहरूलाई कारबाही हुनुपर्छ, जेल हाल्नुपर्छ, को हो राजावादी ? निषेध गर्नुपर्छ भन्दै कराउन थालेपछि राप्रपा सांसदहरू आक्रामक भए ।

सत्तापक्षको सो भनाइपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू आक्रमक भए । सांसद दीपक सिंह हामी राजावादी हौं भन्दै जंगिनुभयो भने राप्रपा सांसदसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो छाती ठोक्दै ‘हामी राजावादी हौं । कसले हाल्छ जेल ?’ भन्दै प्रतिकारमा उत्रनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.