जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । रूपन्देही, गैडहवा गाउँपालिका-८ खैरेनीस्थित सडकमा सोही गाउँपालिका-९ समावेसी टोल मन्द्राखानी बस्ने ४५ वर्षीय गङ्गाराम लोध शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै रामेछाप, उमाकुण्ड गाउँपालिका-७ भुजी बस्ने २३ वर्षीय प्रदिप दमाई लिखु तामाकोशी गाउँपालिका-१ हुपिनास्थित राम्चे सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-६ हटिया लाईन नजिक टेङ्ग्रा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.