जन सरोकार

छुट्टाछुटै सवारी दुर्घटनामा छ जनाको मृत्यु

सुनसरी, काठमाडौँ, सिरहा, सिन्धुली, कैलाली र रुपन्देहीमा भएको छुट्टाछुटै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सुनसरी, हरिनगरा गाउँपालिका-३ गौतमपुरस्थित सडकमा प्र.१-०२-००३ त ५०९ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही गाउँपालिका-२ बस्ने २० वर्षीया जुलेशा खतुनको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै काठमाडौं, नागार्जुन नगरपालिका-८ स्थित सडकमा प्र.३-०१-०२४ च ८३२२ नम्बरको योद्धा गाडी सडकबाट करिब ४ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा गाडीमा सवार गोरखा भिमसेन गाउँपालिका-४ बस्ने ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । यस्तै सिरहा, नरहा गाउँपालिका-२ पानवारी गाउँस्थित सडकमा एचआर २० एयु ६०१४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका बस्ने ५५ वर्षीया रामपरी देवी महराको शनिबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सुनसरी भन्टाबारी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । उता सिन्धुली, कमलामाई नगरपालिका-६ रातामाटास्थित सडकमा प्र-१-०१-००१ च ८८२१ नम्बरको गाडीको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय शेर बहादुर खपाङगीको आइतबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कैलाली, कैलारी गाउँपालिका-५ मनिकापुरस्थित सडकमा बेहडाबाबाबाट भारततर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार भारत लखिमपुर खिरी सिंहा कालापोष्ट बस्ने ११ वर्षीय आयुष बर्माको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १२ जनाको सोही अस्पतालमा र १५ जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेकोछ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी रूपन्देही, सियारी गाउँपालिका-७ कनरीस्थित सडकमा बुटवलबाट बेथरीतर्फ जाँदै गरेको लु.७७ प ६६६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक तिलोत्तमा नगरपालिका-१४ खुरहुरिया बस्ने १९ वर्षीय राहुल कुवरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.