राजनीति

निर्वाचनमा विदेशी गाडीको प्रयोगमा रोक, मधेशवादी दलको आपत्ति

वैशाख ३० गते हुन स्थानीय निवाचन आचारसंहितामा प्रचारप्रसारका क्रममा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने व्यवस्थाको मधेश केन्द्रित दलले आपत्ति जनाएका छन् ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुको विषयक कार्यक्रममा प्रस्तुतीकरण गर्दै पूर्वकानुन सचीव माधव पौडेलले मधेस प्रदेशका राजनीतिक दलका प्रतिनिधिले बिदेशी नम्बर प्लेटको प्रयोगमा लगाइएको रोकमा पुनर्बिचारको माग गरेको जानकारी दिनुभएको हो ।

पौडेलले भन्नुभया एकातिर खर्चको सीमा कम र अर्कोतिर बिदेशी नम्बर प्लेट प्रयोग गर्न नपाउँदा अप्ठ्यारो हुने मधेश केन्द्रीत दलका नेताहरुको धारणाा रहेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन आचार संहितामामा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर नेपाली नम्बर प्लेट भएका बढीमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा चार पाङ्ग्रे हलुका सवारी साधन प्रयोग गर्न सक्ने उल्लेख छ ।

त्यसै गरी सवारी साधन नचल्ने ठाउमा बढीमा चार वटा घोडा प्रयोग गर्न पाउने भनिएको छ भने निर्वाचन खर्चको सिमा २५ हजारदेखि ७ लाख ५० हजारसम्म तोकिएको छ ।

पालिका सदस्यले बढीमा २५ हजार रुपैयाँ मात्र खर्च गर्न पाउछ भने महानगरपालिकाको मेयर तथा उममेयरले ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा छ ।

कार्यक्रममा निर्वाचन आयोगका सचीव गोकर्णमणि दवाडीले तोकिए भन्दा बढी खर्च गर्नेलाई अनुगमन समितिले सिफारिस गर्ने र सिफारिस अनुसार कारबाही हुने बताउनुभयो । उहाँका अनुसार आचारसंहितामा उलंघन भएको जानकारी जो कोहीले पनि गर्न सक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.