नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबिचको खेल बराबरीमा टुङगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी टुङगिएको हो ।
७० औं मिनेटमा भने बुटवल १० जनामा समेटियो । कप्तान एरिक बिष्टले झापाका इसाएभ मुखाम्मदलाई फाउल हाने । रेफ्रीले दोहोरो पहेंलो कार्ड दिएसँगै एरिक बाहिरिए । यससँगै दुवै टोलिले समान एक एक अङ्क बाँडेका छन् । ।
प्रतियोगिताअन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्