राजनीति
संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सोमबार सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
सो विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त भएको छ ।
प्रतिक्रिया राख्नुहोस्