राजनीति

तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छ : कांग्रेस नेता

नेपाली कांग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन् ।

तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छ : कांग्रेस नेता

कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई कांग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले तनहुँमा कांग्रेसका उम्मेदवार भट्टराईलाई चुनाव जिताउन आफूले नेतृत्व लिने बताउनुभयो । “तनहुँको समग्र विकासका लागि कांग्रेसको जित आवश्यक छ”, उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले पार्टीले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आफूले विगतमा गरेका कामका आधारमा तनहुँका जनताले आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले तनहुँको विकासका लागि आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्र, नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, कांग्रेस तनहुँका नेता समुन्द्र गोदारलगायतले तनहुँको विकासको खाका कोरेर निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.