जन सरोकार
वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कमल कोइरालाको अन्त्येष्टि
वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कमल कोइरालाको सोमबार अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा वैदिक परम्पराअनुसार उहाँको अन्त्येष्टि गरिएको हो । उक्त कार्यक्रममा विभिन्न सञ्चार गृहका पत्रकार, पार्टीका नेता, कूटनीतिज्ञ, आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जली दिनुभएको थियो ।

दिवङ्गत प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइराला वरिष्ठ लेखक र स्तम्भकार, पूर्वसांसद तथा राजदूतसमेत हुनुहुन्थ्यो । गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा ८७ वर्षीय कोइरालाको उपचारको क्रममा निधन भएको थियो ।
उहाँको एक छोरा र एक छोरी हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेतासमेत रहनुभएका कोइरालाको पार्थिव शरीरलाई दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्