नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा चितवन एफसीले जित हासिल गरेको छ ।

त्रिपुरेश्वररस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे ।
चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले ३ अङ्क जोड्यो ।
जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । भोलि बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्