राजनीति
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन
प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उहाँको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उहाँ विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।
घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् ।
प्रतिक्रिया राख्नुहोस्