प्रबास

हिमानीद्वारा मुक्तिनाथ धाममा रुद्राभिषेक पूजा

पूर्व युवराज्ञी तथा हिमानी ट्रष्टका अध्यक्ष हिमानी शाहले आइतबार क्याालिफोर्नियाको रिचमन्डमा हालै मात्र प्राणपतिष्ठा भएको मुक्तिनाथ धाममा रुद्राभिषेक पूजा गर्नुभएको छ ।

आफ्नो अमेरिका भ्रमणको अवसर पारेर उहाँले नेपाली कला र संस्कृति हिन्दुत्वको रक्षार्थ प्रवासी भूमिमा निर्माण भएको मुक्तिनाथ धाममा करीब दुई घण्टाभन्दा बढी समय लगाएर हिमानीले पूजा अर्चना गर्नुभएको हो ।

रुद्राभिषक समारोहमा आयोजित विशेष समारोहमा नेपालीहरुले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै शाहले भन्नुभयो, “धार्मिक सहिष्णुता प्रतिविम्वित हुने गरी यस पवित्र देवालयमा हामीलाई पुजा अर्चना गर्ने अवसर जुटाइदिनुभएकोमा मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत मुक्तिनाथ धाम परिवारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

धाममा उपस्थित भक्तजनहरुलाई सम्वोधन गर्दै युवराज्ञी शाहले भन्नुभयो प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई हामीले हृदयमा राखेका छौ ।

मुक्तिनाध धाममा आयोजित विशेष रुद्राभिषेक पूजामा सहभागी शाहलाई मुक्तिनाथ धामको तर्फबाट अध्यक्ष पाण्डे मार्फत विशेष अभिनन्दन गरिएको थियो ।

यसअघि युवराज्ञी शाहलाई मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डे लगायत कार्यसमितिका पदाधिकारी एवं सल्लाहकारहरु र पंचकन्याले पुष्प गुच्छासहित स्वागत गरेका थिए ।

समारोहपछि अध्यक्ष पाण्डेले हिमालीको पूजा आराधना र उहाको उपस्थितिले मुक्तिनाथ धामको गरिमालाई उच्च बनाएको मात्र छैन नेपालबाट आई अमेरिका बस्नुहुने समूर्ण हिन्दू समुदायको धर्मप्रतिको आस्थालाई समेत उजागर गरेको बताउनुभभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.