जापान

वास्तविक कथामा आधारित चलचित्र ‘सिग्नेचर’ ओशाकामा अप्रिल १० मा प्रर्दशन हुँदै

नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर नेपाली युवाहरुको वास्तविक कथामा आधारित चलचित्र सिग्नेचर यही अप्रिल १० मा ओशाकामा प्रर्दशन हुने भएको छ ।

सभ्य सिर्जना प्रालिको व्यानरमा निमार्ण भएको चलचित्र खान्साई नेपाली समाज ओशाकाको स्थानीय आयोजनामा सिन ओसाकामा रहेको कोको प्लाजामा प्रर्दशन हुन लागेको हो ।

नेपाली समुदायमा देखिएको विविध विकृति र विसंगतिलाई कसरी एक युवाले गलत बाटोबाट सकारात्मक बाटोमा जाने प्रण गर्छ भन्ने सकारात्मक परिवर्तनको कथालाई चलचित्रमा समेटिएको निर्माता समेत रहनुभएका चर्चित गीतकार प्रकाश सुवेदीले जनाकारी दिनुभयो ।

निर्माता सुवेदीको सहभागितामा चलचित्रलाई जापानभरि प्रर्दशन गर्ने तयारीका साथ दोस्रो खुल्ला प्रर्दशन ओशाकामा हुन लागेको हो । यसअघि पहिलो प्रर्दशन यामागुचीको स्थानिय हलमा गरिएको थियो ।

चलचित्र ओस्कार इन्टरनेशनल कलेज, स्कुल फाउण्डेशन र सभ्य सृजना प्रालिका अध्यक्ष समेत रहनुभएका लेखक तथा निर्देशक सागर उद्गमको परिकल्पना, लेखन निर्देशनमा तयार भएको हो ।

चलचित्रमा चर्चित कलाकारहरु सन्दीप क्षेत्री, विनोद पौडेल, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, प्रज्ञा जोशी लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

स्वास्थ्य मन्त्रालय एनसिएएस्सी अवार्ड अफ एक्सलेन्स प्राप्त गर्न सफल चलचित्रलाई नेपाल सरकारका विभिन्न निकाय सहित नेपाल रेडक्रस सोसाइटी, युएनएआडी लगायत संघसंस्थाले प्रचारप्रसार तथा नैतिक समथर्न गरेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.