जापान

होस्टेलको कोठामै मृत अवस्थामा भेटिए बुढामगर

दाङ तुल्सीपुरबाट अध्ययनका लागि गत वर्षमात्र जापान पुगेका एक नेपाली विद्यार्थी अध्ययनरन भाषा विद्यालयको होस्टेल कोठामा मृत अवस्थामा भेटिएका छन् ।

समाचार अनुसार ओकिनवामा जापानी भाषा विद्यालयमा पढ्दै पढ्दै आएका खिम बुढामगर उनी बस्दै आएको होस्टेलमा मृत अवस्थामा भेटिएका हुन् ।

खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए । आइतबार बिहानमात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो ।

बुढामगरको शव प्रहरीले लगेको छ भने उनको मृत्युबारे छानबिन भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुमानमाा उनले आत्महत्या गरेको जस्तो देखिएको बताइएको छ ।

उनको पोष्ट मार्टमको रिपोर्ट आउन एक साता लाग्ने बताइएको छ । उनको मृत्युबारे नेपालस्थित उनका परिवारका सदस्यहरुलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.