राजनीति

उम्मेदवारबिरुद्ध परेको उजुरीमाथि निर्णय गर्दै आयोग

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएकाहरुबिरुद्ध परेको उजुरीहरुको छानबिन गरी निर्णय गर्ने तयारी गरिरहेको छ ।

तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी मनोनयन दर्ता भएपछि हिजो मंगलबार उजुरी आह्वान गरेको थियो । आज बुधबार उजुरीको छानबिन गरी साँझ निर्णय गरिने आयोगले जनाएको हो ।

आयोगले उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने छ ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले उपनिर्वाचन गर्न लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.