जन सरोकार

बैतडीमा ट्र्याक्टर दुर्घटना अपडेट : मृतकको सनाखत

बैतडीमा आज बिहान ट्र्याक्टर दुर्घटनामा मृत्युु भएका दुवै जनाको सनाखत भएको छ । जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परेको थियो ।

मृतकको सनाखत

दुर्घटनामा परी मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन–१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.