जापान

नाबालिगसँग यौनसम्पर्क गरेको आरोपमा शिक्षक पक्राउ

जापानको शिगामा एक शिक्षकलाई नाबालिगसँग यौन सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले ३९ वर्षीय शिक्षकलाई बाल कल्याण ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले कुसात्सु, शिगा प्रिफेक्चरको जुनियर हाई स्कूलका शिक्षक कुनिहिको सुगिमोतोलाई डिसेम्बरदेखि फेब्रुअरीसम्म धेरै पटक १८ वर्ष मुनिका केटीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको बताएको छ ।

मंगलबार पक्राउ परेका सुगीमोटोले आरोप स्वीकार गरेका छन् । उनले पछिल्लो शैक्षिक वर्षमा विद्यार्थीहरूलाई क्यारियर मार्गदर्शन प्रदान गरेका थिए । पीडित नाबालिक सुगिमोटोको विद्यालयमा पढ्दै आएकी थिइन् वा थिइनन् भन्नेमा स्पष्ट छैन ।

मंगलबार, ओत्सु सिटी बोर्ड अफ एजुकेशनले एक पत्रकार सम्मेलन आयोजना गर्दै सुगिमोटोको गैरकानूनी व्यवहारको बारेमा मार्चको शुरुमा फोनबाट जानकारी पाएपछि प्रहरीलाई सम्पर्क गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.