क्रिकेटखेल

आइपिएलमा राजस्थानको दोस्रो जित, पञ्जाब ५० रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा पञ्जाब किङ्सलाई ५० रनले पराजित गर्दै राजस्थानमा प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

राजस्थान रोयल्स

जारी प्रतियोगितामा पञ्जाबको भने यो पहिलो हार हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको थियो । राजस्थानको लागि ओपनर यशस्वी जैसवालले ४५ बलमा तीन चौका र पाँच छक्कासहित ६७ रनको अर्धशतकीय पारी खेले भने कप्तान रियान परागले २५ बलमा अविजित ४३ रन बनाए ।

त्यस्तै कप्तान सन्जु सामसनले ३८ रन जोड्दा सिमरन हेटमायरलेले २० रन बनाए । पञ्जाबको लागि लकी फर्गुसनले दुई विकेट लिए भने अर्श्दीप सिंह र मार्को जानसेनको भागमा समान एक-एक विकेट रह्यो । राजस्थानले प्रस्तुत गरेको २०६ रनको लक्ष्य लिएर मैदान उत्रेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा मात्र १५५ रनमात्र बनायो ।

पञ्जाबको लागि नेहाल वाधेराले ४१ बलमा चार चौका र ३ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ग्लेन म्याक्स्वेलले ३० रन जोड्दा प्रवसिमरान सिंहले १७ र कप्तान श्रेयस अय्यरले १० रन बनाए । राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए भने महीश थिक्साना र सन्दीप शर्माले समान दुई-दुई विकेट लिँदा कार्तिकेया सिंह र वानिन्दु हसरंगाको भागमा समान एक-एक विकेट रह्यो ।

जितसंगै राजस्थान तीन खेलबाट चार अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ भने तीन खेलमा चार अंक जोडेको पञ्जाब चौथो स्थानमा झरेको छ । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्स राति ७:४५ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.