विश्व समाचार

रूस-अमेरिका अर्को सम्पर्क ‘अर्को हप्ता’ हुन सक्छ : रुसी दूत

वासिङ्टनसँग वार्तामा संलग्न एक वरिष्ठ रुसी अधिकारीले रुस र संयुक्त राज्य अमेरिकाले अर्को हप्ताको सुरुमा फेरि एकअर्कासँग सम्पर्क गर्न सक्ने बताएका छन् ।

रूस–अमेरिका

क्रेमलिनको अन्तर्राष्ट्रिय अर्थतन्त्र प्रतिनिधि किरिल दिमित्रिएभले च्यानल वान टेलिभिजनलाई एक अन्तर्वार्तामा दुई पक्षबीचको अर्को सम्पर्क ‘आउँदो हप्ता नै’ हुनसक्ने बताउनुभएको तास समाचार एजेन्सीले जनाएको छ ।

रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख दिमित्रिएभ गत हप्ता वासिङ्टन जानुभएको थियो । रुसले युक्रेनमा आफ्नो सैन्य अभियान सुरु गरेपछि अमेरिका जाने उहाँ सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुनुहुन्छ ।

उहाँले रूसी पत्रकारहरूलाई आफूले सम्बन्धमा ‘सकारात्मक गतिशीलता’ देखेको बताउनुभयो । तर आफ्नो पछिल्लो अन्तर्वार्तामा दिमित्रिएभले ‘अमेरिकी सरकारमा अझै पनि रुसका ठूलो सङ्ख्यामा शत्रुहरू छन्’ भन्नुभयो ।

“त्यसैले अहिले वार्ता पुनःस्थापित भएको छ भन्ने नाजुक आशा छ”, ‘सूचना आक्रमणहरू’ को सामना गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै उहाँले भन्नुभयो ।

दिमित्रिएभले रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध सुधारमा महत्त्वपूर्ण भूमिका निभाउनुभएको छ । फेब्रुअरीमा साउदी अरबमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकारीहरूसँगको वार्ताको पहिलो चरणमा उहाँले भाग लिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.