खेलफूटबल

नेपाल सुपर लिग : चितवन र झापाले बराबरी खेले

दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरी खेलेको छ ।

नेपाल सुपर लिग

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पुर्या एको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले हराएको थियो ।

चितवनका लागि आइतबार को खेलमा टेरिक जेब्रनले गोल गरे । उनले खेलको २८औँ मिनेटमा गोल गर्दै चितवनलाई सुरुआती अग्रता दिलाए । यता झापाका लागि अलहाजी गिरोले खेलको दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्काए ।

झापाको समान खेलबाट तीन अङ्क भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौँ रेजर्ससँग बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.