क्रिकेटखेल

आइपिएलमा गुजरातको तेस्रो जित, हैदराबाद सात विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गर्दौ गुजरातले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

आइपिएल

जारी प्रतियोगितामा हैदराबादको भने यो चौथो हर हो । हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । हैदराबादका लागि नितिशकुमार रेड्डीले ३१ रन बनाए भने हेनरिक क्लासनले २७ रन जोडे ।

त्यस्तै प्याट कमिन्स २२ रनमा अविजित रहँदा अभिषेक शर्मा र अनिकेत वर्माले समान १८-१८ र इशान किशनले १७ रन बनाए । गुजरातका लागि मोहम्मद सिराजले चार विकेट लिए भने प्रशिद्ध कृष्ण र साई किशोरको भागमा समान दुई-दुई विकेट रह्यो । हैदराबादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ९ चौकाको सहयोगमा अविजित रहँदै ६१ रनको अर्धशतकीय पारी खेले भने वासिङ्टन सुन्दरले ४९ रन बनाए । यस्तै सेर्फन रादरफोर्डले ३५ रनमा नट आउट रहे । हैदराबादका लागि मोहम्मद शमीले दुई विकेट लिए भने कप्तान प्याट कमिन्सको भागमा एक विकेट रह्यो । जितसँगै गुजरात चार खेलमा छ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पाँच खेलबाट दुई अंक जोडेको हैदराबाद पुछारमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल चयालेन्जर्स बैंगलुरु राति ७:४५ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.