अर्थ
सात सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज प्रतितोला सुनको मूल्य रु सात सयले घट्दा चाँदीको मूल्य भने बढेको छ ।

आइतबार प्रतितोला रु एक लाख ७४ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु एक लाख ७३ हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने रु ३० ले बढेको छ । आइतबार तोलामा एक हजार ८०० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर एक हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्