राजनीति

शिक्षक आन्दोलन चौथो चरणमा : माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने

अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग

शिक्षा ऐन जारी हुनुपर्ने माग राखी तीन वर्षदेखि पटकपटक आन्दोलन गर्दै आएका शिक्षकहरु अब निर्णायक आन्दोलनमा होमिएका छन् । एसइईको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने उनीहरुको अडान छ ।

यसअघि पटकपटक सरकारसंग सहमति गरी आन्दोलन स्थगित गरेका शिक्षकहरु यसपटक माग पूरा नभएसम्म सरकारसंग वार्ता नै नगर्ने अडानमा रहँदै आज सोमबारदेखि चौथो चरणको आन्दोलन घोषणा गरेका छन् ।

चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको नेपाल शिक्षक महासङ्घले चैत्र २५ गते सोमबारदेखि चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।

महासंघले आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन शिक्षकहरुलाई आग्रह गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो माग पूरा नभएसम्म आन्दोलनमै रहने महासंघका अध्यक्ष सुवेदीले बताउनुभयो ।

उहाँले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरे । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आइतबार सिट्ठी बजाएर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.