जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रूपन्देही र मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रूपन्देही, सैनामैना नगरपालिका-८ बासगढीस्थित सडकमा लु.१ ख ७१८२ बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भिम बहादुर ज्ञवालीको आइतबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.८ ख १८०९ नम्बरको बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका-२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको गए राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.