जन सरोकार

सहकारी र मिटरब्याज पीडितहरूद्वारा प्रदर्शन

सरकारले सहकारी पीडितलाई न्याय दिने नाममा राजनीतिक प्रतिशोध साँधिरहेको आरोप लाग्नु र वास्तवक पीडितले पटकपटकको सम्झौपछि पनि न्याय नपाउनु आफैंमा उदेकलाग्दो छ ।

लामो समयदेखि सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरू न्यायको आशमा राजधानीमा जम्मा भएर पटकपटक आन्दोलन गरे पनि अहिलेसम्म उनीहरुका माग सम्बोधन भएको छैन ।

सरकारले सहकारी पीडितको रकम फिर्ता गरिरहेको, मिटरब्याज पीडितलाई न्याय दिइरहेको दावी पटकपटक गरिरहँदा पीडितले सोमवार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सोमवार बिहान सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि राष्ट्रपति भवन शितल निवास नजिकसम्म प्रदर्शन गरेका हुन् । सहकारी पीडितहरुले शितल निवास अगाडि नै धर्ना दिने उद्देश्य बनाए पनि प्रहरीले निषेधित क्षेत्र तोड्न दिएन ।

प्रदर्शनकारीहरुले सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.