जापान

सम्राट नारुहितो दम्पत्तिद्वारा ऐतिहासिक युद्धस्मारक भ्रमण

जापानी सम्राट नारुहितो र साम्राज्ञी मसाकोले दोस्रो विश्वयुद्धका क्रममा २१ हजारभन्दा बढी जापानी सैनिकको मृत्यु भएको हाल इवातो नामाकरण गरिएको ‘इओ जिमा’को भ्रमण गरी मृतकहरुप्रति श्रद्धाञ्जली दिनुभएको छ ।

द्वितीय विश्वयुद्धका क्रममा जापान र अमेरिकाबीच अत्यन्तै भीषण युद्ध भएको इओ जिमामा २१ हजार जापानी र ७ हजारभन्दा बढी अमेरिकी सेनाले ज्यान गुमाएका थिए ।

सम्राट नारुहितोले आफ्नो ६५ औं जन्मोत्सवको अवसर पारेर सो क्षेत्र पुगी जापानी सैनिकहरू, द्वीपवासीहरू र जापानी तथा अमेरिकी दुबै पक्षका मृतकहरूको स्मृतिमा बनाइएका तीनवटा स्मारकहरूमा प्रार्थना गर्नुभयो ।

दोस्रो विश्वयुद्धपछि जन्मिनुभएका सम्राटले फेब्रुअरीमा आफ्नो जन्मदिनका अवसरमा सम्राट नारुहितोले द्वितीय विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको सन्दर्भ उल्लेख गर्दै युद्धको इतिहास सम्झन र युवा पुस्तालाई त्यसबारे जानकारी गराउनु आवश्यक रहेको बताउनुभएको थियो ।

इओ जिमामा सन् १९४५ फेब्रुअरी १९ देखि मार्च २६ सम्म युद्ध चलेको थियो । अमेरिकी पक्षले केही दिनमै युद्ध जित्ने अपेक्षा गरे पनि जापानी सैनिकहरूले भूमिगत सुरुङ प्रयोग गर्दै पाँच हप्ता सम्म बलियो प्रतिरोध गरेका थिए ।

युद्ध समाप्तिसंगै यो क्षेत्र अमेरिकाको अधिनमा रहेको २३ वर्षपछि, सन् १९६८ मा इओ जिमा जापानलाई फिर्ता गरिएको थियो । यो युद्धको इतिहासले धेरै उपन्यास र चलचित्रहरू निर्माणका लागि कथाबस्तु तयार गर्न प्रेरित गरेको छ ।

यो क्षेत्रमा युद्धअघिका वासिन्दा र उनीहरूका सन्तानहरूलाई स्मृति कार्यक्रममा भाग लिन जान अनुमति दिइए पनि बसोबास गर्न अनुमति छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.