राजनीति

“भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा छैन”

नेपालमा राजतन्त्र पुनःस्थापनाका लागि भारतको उक्साहटमा गतिविधि भैरहेको आरोप लागिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसलाई झूठो हल्लाको संज्ञा दिनुभएको छ ।

सोमबार गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताउनुभएको हो ।

सभापति देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको बताउँदै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको दावी गर्नुभयो ।

सभापति देउवाले भारत नेपालमा गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको उल्लेख गर्दै नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.