राजनीति

राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म निःशुल्क

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी स्थानीय तहको निर्वाचनपछि आफ्नो पार्टी विजयी भएका पालिकाहरुमा १२ कक्षासम्म निःशुल्क शिक्षा दिने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाडौंको खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले निःशुल्क शिक्षासंगै ज्येष्ठ नागरिकहरुलाई महिनाको एकपटक घरघरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गरिने पनि प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी वैकल्पिक राजनीतिक दलका रुपमा स्थापित गर्न आव्हान गर्दै उहाँले देश विकासका लागि विदेशी सहयोग र अनुदान आवश्यक नपर्ने दावी गर्दै विकास गर्ने चाहना भए सजिलै सकिने र राप्रपाले अवसर पाएमा त्यो गरेर देखाइदिने दावी समेत गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष लिङदेनले पेट्रोलिमय पदार्थको विकल्पमा जलविद्युत बन्नसक्ने र वार्षिक २ खर्बभन्दा बढीको पेट्रोलियम आयात रोक्न सकिने बताउँदै भारतमा विद्युत निर्यात गर्ने हो भनेन प्रसारण लाइन पनि भारतले नै बनाइदिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.