कर्पोरेट/पर्यटन

‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दुको उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’

पोखरा पर्यटन परिषद्द्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै उहाँले उक्त उडानसँगै पोखराबाट अन्तरराष्ट्रिय उडानका सम्भावना बढेको बताउनुभयो ।

पहिलो अन्तरराष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङछिङलगायत सहरमा भएका कार्यक्रमले दुुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई उजागर गरेको बताउँदै उहाँले सिचुवान एयरलायन्सको धेरै देशमा रहेको सञ्जालको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

चीनको माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएमा त्यसले यहाँको अर्थतन्त्रलाई थप महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानमा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दुु र छोङछिङमा गरिएका ‘बिटुबी’ तथा ‘सेल्स मिसन’ले यहाँको पर्यटनमा योगदान पु-याएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा चीनको सम्बन्धलाई थप उजागर गरेको बताउनुभयो ।

परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत अनुकरणीय रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.