“मलाई पक्राउ गरे राजतन्त्रवादी आन्दोलन निर्णायक हुन्छ” : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आज (मंगलबार) बल्खुमा हुने राजतन्त्रवादीहरुको प्रदर्शन शान्तिपूर्ण हुने दावी गर्दै यदि सरकारले धरपकड गरेर आफूलाई प्रहरीले पक्राउ गरे आन्दोलन निर्णायक बन्ने बताउनुभएको छ ।

राप्रपाले राजसंस्था पुर्नस्थापना र चैत्र १५ गते पक्राउ परेका आफ्ना पार्टीका नेताको रिहाइको मागसहित गर्न लागेको प्रदर्शनस्थल बल्खु पुगेर आन्दोलन शान्तिपूर्ण रुपमा गर्न निर्देशन दिंदै दिंदै सो कुरा बताउनुभएको हो ।
राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेपछि राप्रपले बल्खु रोजेको हो ।
अध्यक्ष लिङ्देनले राज्य पक्षबाट हिंसा भड्काउने कार्य हुनेसक्ने भएकाले सचेततापूर्वक हजारौं भोलेन्टियर्सलाई जनप्रदर्शनका लागि खटाइसकेको जानकारी दिनुभयो ।
यसबीच सरकारले बल्खुमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी तैनाथ गरेको छ । सभास्थल आसपासका क्षेत्रमा करिब २ हजार सुरक्षाकर्मी तैनाथ भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्