राजनीति

“बालुवाटार घेरेर भातपानी बन्द गरिदिनसक्छौं” : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफूहरूलाई निषेधको राजनीति गरेर भृकुटी मण्डपमा सभा गर्न नदिएको आरोप लगाउँदै सरकारले जहाँ भन्यो त्यही सभा गरेकोमा कमजोर नठान्न चेतावनी दिनुभएको छ ।

केही हजार मान्छेको र्‍याली निस्कन्छ भनेर सरकार डराएको आरोप लगाउँदै सरकारले जहाँ भन्यो त्यही सभा गरौंला, तर कमजोर नठान्नु, कुनै दिन बालुवाटार घेरेर भातपानी बन्द गर्ने ताकत राप्रपामा रहेको भन्दै सरकारलाई खबरदारी पनि गर्नुभयो ।

लिङ्देनले भन्नुभयो, हामी शान्तिपूर्ण प्रदर्शन नै चाहन्छौँ । तर हामीले चारतिरबाट जुलुस हेल्दिने हो भने के हुन्छ । हामीले बालुवाटारलाई चारतिरबाट घेरा हालेर भातपानी बन्द गर्दिन सक्छौँ ।ु

सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न माग गर्दै राजा चाहिने भन्नेलाई थुन्ने हो भने लाखौं मानिसलाई थुन्न जेल खाली गर्न पनि माग गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले सबै राजनीतिक दलहरूको सझदारीमा नयाँ समझदारी गर्नपर्ने बताउँदै राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्रको पक्षमा सबै उभिनुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौ, जहाँ राजादेखि गणतन्त्रवादीहरू अटाउन सकुन् ।

त्यसै गरी प्रदेश खारेज गर्न माग गर्दै उहाँले प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूप हुनुपर्ने उनले उल्लेख गर्दै सुशासनयुक्त शासन व्यवस्था आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

यसै गरी चैत १५ गते तीनकुनेमा राज्य आतंक सिर्जना गरिएको दावी गर्दै राज्यको तर्फबाट हिंसा भड्काइएको आरोप लगाउँदै त्यसले देशमा नयाँ परिस्थिति निम्तिएको र राप्रपा कुनै प्रकारको हिंसाको पक्षधर नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘सुनियोजित तरीकाले राज्यले हिंसा भड्कयो, २ जनाको ज्यान गयो, कैयौं घाइते भए त्यसको हिसाब किताब छैन । भौतिक क्षतिको कुनै हिसाब छैन । ‘त्यसका लागि गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.