जन सरोकार
मृत अवस्थामा दुई जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दोघरेस्थित भित्री बाटो छेउमा सोही उपमहानगरपालिका-१० चैलाही बस्ने ५० वर्षीय रोम खत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सप्तरी, राजबिराज नगरपालिका-१५ खाडो पुल नजिक रहेको खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्