राजनीति

सडक सफा गरेपछि कामपा प्रमुख बालेनको टिप्पणी- ‘राप्रपालाई धेरैधेरै धन्यवाद !’

काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सभा गरिसकेपछि सडक सफा गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई धन्यवाद दिंदै महानगर कसैलाई पत्र काटने मौका कुरेर नबसेको बताउनुभएको छ ।

मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको बिरोधसभाका क्रममा भएको फोहर सो पार्टीका कार्यकर्ताले सफा गरेपछि कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बस्ने नगरेको पनि बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत मेयर बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगरको चाहना रहेको बताउँदै लेख्नुभएको छ, “राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ !”

यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले फोहर आफैं सफा गर्न अनुरोध गर्दै नत्र बालेन साहको पत्र आउने बताउँदै सडक सफा गर्न आग्रह गर्नुभएको थियो । गत फागुन २५ गते पूर्व राजाको स्वागत र्यालीका क्रममा भएको फोहरको एक लाख रुपैयाँ जरिवाना तिरेको थियो ।

आफ्नो सम्बोधन सकिएको केही बेरपछि पुनः माइक समातेर अध्यक्ष लिङ्देनले “बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न आग्रह गर्छु । हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु” भन्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.